न्यादी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

कात्तिक २६, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य कात्तिक २५ गतेगतेदेखि एनएमबि क्यापिटल लिमिटेडमार्फत भएको कम्पनीले जानकारी दिएकोे छ ।

सम्बन्धित सामग्री

हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम गर्ने जिम्मेवारीसमेत पाएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी दिनमा धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी एनएमबि क्यापिटललाई दिने निर्णय गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरी पुस ११ गते बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरू र २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साउन १० गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको जानकारी दिएको हो । अब कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्नेलगायत कार्यहरू एनएमबि क्यापिटलबाट हुनेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात शेयर सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ १० हजार ११५ जना आवेदकले प्राप्त गरेका छन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई गत फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । मर्जपछि बनेको कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको हो ।मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा चैत २० गते सूचीकृत भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।

एशियन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।  कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।  कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ ।  यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।

न्यादी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं, २६ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । न्यादी हाइड्रोले एनएमबी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने […]

एनएमबि लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

कात्तिक १२, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । अव कम्पनीको सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलबाट हुनेछ ।

मनकामना स्मार्ट लघुवित्तको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगाएरका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ […]

मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं, ३ साउन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरुको लगत अद्यावधिक गर्ने र धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ । असार १७ गतेदेखि २१ गतेसम्म कम्पनीले […]

जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

साउन ३, काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी समेत एनएमबि क्यापिटलले नै पूरा गरेको थियो । कम्पनीको आईपीओ यसै सातादेखि कारोबारमा आउने गरी सूचीकरण प्रकृया अघि बढीसकेको जानकारी क्यापिटलले दिएको छ ।  आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।  नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुन: एनएमबि क्यापिटल नियुक्त

साउन १, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा पुन : एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनी र एनएमबि क्यापिटल बीच गत असार २८ गते सम्पन्न सम्झौता अनुसार साउन १ गतेदेखि पुन : दुई वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्सेमा पेश गरिएको सूचनामा उल्लेख छ । अवदेखि कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछ ।