साउन १, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा पुन : एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनी र एनएमबि क्यापिटल बीच गत असार २८ गते सम्पन्न सम्झौता अनुसार साउन १ गतेदेखि पुन : दुई वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्सेमा पेश गरिएको सूचनामा उल्लेख छ ।
अवदेखि कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछ ।