राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो ।आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् । त्यसका लागि नेपाली कां