मौद्रिक नीतिपछि ५.६९ प्रतिशत घट्यो शेयर सूचक

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेयता शेयरबजारको तथ्यांकीय मापक नेप्से दैनिक रूपमा ओरालो लागेको छ । त्यसयता ५ दिन शेयर कारोबार भएकोमा पाँचै दिन नेप्से ओरालो लागेको छ । यसबीचमा नेप्से ५ दशमलव ६९ प्रतिशत (१२६ दशमलव ८१ अंक) घटेर २ हजार १ सय विन्दुमा आइपुगेको छ ।  साउन ७ गते आइतवार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीतिमा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो ।  लगानीकर्ताले जति रकमको शेयर धितो कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने अनुमान लगाए । सोही कारण मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढेको थियो । तर, मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले एक जना व्यक्तिका लागि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत कायम हुने बताए । त्यसको भोलिपल्टदेखि बजार निरन्तर घटिरहेको छ ।  एकथरी लगानीकर्ताले केन्द्रीय बैंक शेयरबजारप्रति सकारात्मक हुन नसकेको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिइरहेका छन् । मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको कारण लगानीकर्ताको मनोबल घटेको उनीहरूको आरोप छ ।  अर्काथरी लगानीकर्ता भने मौद्रिक नीति राम्रो आएको बरु अनावश्यक भ्रम छरेर लगानीकर्तालाई त्रस्त बनाउने काम भइरहेको तर्क गर्छन् । उनीहरूको भनाइमा पहिलेको तुलनामा धेरै सहज बनाउने खालको र राम्रो मौद्रिक नीति आएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्से परिसूचक ६३ अंक बढेर २ हजार २२७ विन्दुमा पुगेको थियो । त्यस दिन ४ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसपछि नेप्से र कारोबार रकम दुवै घटेको छ । पछिल्लो कारोबार दिन आइतवार साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  मौद्रिक नीतिमार्फत लगानीकर्ताले राम्रो अपेक्षा गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा पहिला केही अनलाइनमा शेयर कर्जाको सीमा र औसत जोखिमभार केही परिमार्जन हुने आशयका समाचार आएका थिए । गभर्नरले पनि समयसमयमा त्यही आशय व्यक्त गर्नुभएको थियो । त्यस्तै वित्तीय प्रणालीमा तरलता सहज भइसकेको थियो । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२ प्रतिशत छ । यसबीचमा लगानीकर्ताले राम्रो आशा गरेका थिए । मौद्रिक नीति आउँदा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो । त्यो दिन बजार ६३ अंकसम्म बढ्यो । तर, गभर्नरले पत्रकार सम्मेलनमा ५० लाखसम्मको शेयर धितो कर्जामा मात्र जोखिमभार १०० प्रतिशत कायम हुने र १२ करोडको सीमा यथावत् रहेको बताउनुभयो । त्यसको भोलिपल्ट केही लगानीकर्ता साथीहरूले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरे । यसकारण बजार प्रभावित भएको हो । मौद्रिक नीतिमा पूँजीबजारमा सकारात्मक प्रभाव पार्ने खासै केही आएन । तर, पूँजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुरा मौद्रिक नीतिमा छैन । लगानीकर्ताले अपेक्षा गरेअनुसार नभएकाले पनि बजार केही प्रभावित भएको हो । बजार अब विस्तारै सम्हालिन्छ जस्तो लाग्छ । मौद्रिक नीति सार्वजनिक हुँदा शेयर धितो कर्जाको १५० प्रतिशत जोखिमभार पुनरवोलकन गर्ने भनिएसँगै लगानीकर्ताले जति कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने बुझेका थिए । तर, त्यसअनुसार भएन । यसकारण पनि बजार घटेको हो । अर्को कारण भनेको बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गर्नु हो । ट्रेडरहरुले प्रोफिट बुक गरेपछि पुन: बजार तल आएपछि मात्रै खरीद बढाउँछन् । बजार प्रभावित हुनुको कारण यो पनि हो । शेयरबजारलाई नकारात्मक प्रभाव पर्ने अरू केही छैन । अब सूचीकृत कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्छन् । म्युचुअल फन्डहरूले लाभांश घोषणा गर्न थालेका छन् । शेयरबजार विस्तारै आफ्नै लयमा फर्किनेछ । 

सम्बन्धित सामग्री

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन समाज लघुवित्तको सेयर

१३ फागुन, काठमाडौं । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको समाज लघुवित्तको सेयर आइतबार भने १० प्रतिशत नै घट्यो । १० प्रतिशत मूल्य घट्दा पनि बेच्न चाहने लगानीकर्ताले सेयर बेच्न पाएनन् । यस्तो अवस्था अझै केही दिन लम्बिन सक्छ । आइतबार प्रतिकित्ता २ हजार २१९ रुपैयाँ ८० पैसामा कम्पनीको कारोबार सुरु भयो । कारोबार […]

सेयर बजारका सबै सूचक झरे, नेप्से १.३१ प्रतिशत घट्यो

६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट  […]

माउन्टेन इनर्जीको सेयरमा ४ दिनमै ३३ प्रतिशत गिरावट, किन घटिरहेको छ मूल्य ?

१९ मंसिर, काठमाडौं । माउन्टेन इनर्जीको सेयर मूल्य लगातार ४ दिनयता उच्च दरले घटिरहेको छ । गत बिहीबार, आइतबार र सोमबार लगातार १०–१० प्रतिशतले मूल्य घट्यो भने मंगलबार ८.९ प्रतिशत घट्यो । बिहीबार कारोबार खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसयता ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि मंगलबार कारोबार बन्द हुँदा मूल्य […]

घट्यो राजस्व असुली

नेपालगन्ज, कात्तिक २५ ।अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको १३१ प्रतिशत, भदौमा ९३ दशमलव ६८ प्रतिशत र असोजमा लक्ष्यको १०१ दशमलव ३ प्रतिशत राजस्व असुल गरेको थियो। तर चालु आर्थिक वर्ष २०७९/८० को साउनमा ७५ दशमलव ७५ प्रतिशत, भदौमा ६४ दशमलव २५ प्रतिशत र असोजमा ५४ दशमलव ८६ प्रतिशत राजस्व […]

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् […]

इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्

दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घट्यो

काठमाडौं, जेठ १८ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गरेको छ। यसअघि दूरसञ्चार सेवाशुल्क बापत १३ प्रतिशत कर लाग्दै आइरहेको थियो। अहिले त्यो घटाएर १० प्रतिशतमा झारिएको छ। इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले बजेट भाषण मार्फत कर […]

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

चार महिनामा २० प्रतिशत पुँजीगत खर्च गरिसक्ने लक्ष्य, तर ५ प्रतिशत पनि भएन

मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा र सरकारी मापदण्ड पूरा भएन, पहिलो त्रैमासको लक्ष्य भेटिएन गत वर्षभन्दा झन् घट्यो पुँजीगत खर्च : गत आवको पहिलो त्रैमासमा सरकारले ४.२६ प्रतिशत पुँजीगत...

मुद्रास्फीति ३.१० प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले२०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति३.१० प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति६.७४ प्रतिशत रहेको थियो। राष्ट्र बैंककाअनुसार चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ। चैत महिनामा काठमाडौं उपत्यकामा३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ।