काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्