मुद्रास्फीति ३.१० प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले२०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति३.१० प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति६.७४ प्रतिशत रहेको थियो। राष्ट्र बैंककाअनुसार चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ। चैत महिनामा काठमाडौं उपत्यकामा३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ।

सम्बन्धित सामग्री

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो

एजेन्सी – भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई)ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ । सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा […]

तथ्यांकमा महंगी घट्यो,बजारमा बढ्यो

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महंगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महंगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ। चाडपर्वमा तरकारी, चामल, चिनी लगायत खाद्यान्नको मूल्य बढ...

यस्तो छ, भारत र नेपालमा मुद्रास्फीति अन्तर

काठमाडौं । हालैका महीनामा भारतमा थोक महँगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित मुद्रास्फीति सूचकांक (डब्ल्यूपीआई) फेब्रुअरीमा ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ । उक्त अवधिमा उक्त सूचक ४ प्रतिशत रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारीसाधन आदिको भाउमा आएको कमीका कारण डब्ल्यूपीआई अपेक्षा गरिएभन्दा धेरै घटेको बताइएको छ । यससँगै डब्ल्यूपीआई घटेर २५ महीनायताकै न्यूनस्तरमा आइपुगेको छ । नेपालमा पनि विगत २ महीनामा डब्ल्यूपीआई घट्दो क्रममा छ । माघमा थोक महँगी ९ दशमलव ६७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो महीना यो सूचकांक ९ दशमलव ८२ प्रतिशत थियो भने गतवर्षको सोही अवधिमा १० दशमलव ३४ प्रतिशत थियो । अर्थात् दुई देशमा डब्ल्यूपीआई दरमा भिन्नता यस अवधिमा क्रमश: ५ दशमलव शून्य ९, ५ दशमलव ८२ प्रतिशत र माइनस ३ दशमलव ११ प्रतिशत रहेको पाइन्छ । गत महीना भारतमा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति अर्थात् सीपीआई अपेक्षाकृत धेरैले घट्यो । फेब्रुअरीमा सीपीआई ६ दशमलव ४४ प्रतिशतमा ओर्लिएको छ । सीपीआई अघिल्लो महीनाको तुलनामा घटेको भए पनि यो लगातार दोस्रो महीना ६ प्रतिशतभन्दा माथि छ । यसले अधिकांश श्रेणीमा वस्तु तथा सेवाको मूल्य उच्च नै छ भन्ने संकेत गरेको छ । यसले केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)लाई आगामी नीतिगत बैठकमा ब्याजदर बढाउने प्रशस्तै ठाउँ दिएको अनुमान बढाएको छ । भारतमा सीपीआई जुन स्तरमा घटेको छ सोही स्तरमा नेपालमा नघट्दा अन्तरमा उल्टो प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस र माघमा सीपीआई क्रमश: ७ दशमलव २६ प्रतिशत र ७ दशमलव ८८ प्रतिशत छ । अर्थात् अघिल्लो महीना दुई देशबीच सीपीआई अन्तर साँघुरिएर शून्य दशमलव ७४ मा आए पनि गत महीना बढेर १ दशमलव ४४ मा उक्लिएको छ । त्यसैगरी, सन् २०२१ का फेब्रुअरीमा सीपीआई अन्तर १ दशमलव ९५ प्रतिशत थियो । भारतमा सीपीआई घट्दो क्रममा रहँदा नेपालमा उल्टो प्रवृत्तिले गर्दा अन्तर बढेको छ । सन् २०२० र २०२१ को अन्त्यसम्मै भारतको भन्दा नेपालमा महँगी कम थियो । नेपालको सबैभन्दा ठूलो निर्यात बजार भएकाले भारतको तुलनामा नेपालमा महँगी कम्तीमा पनि १ दशमलव ५ प्रतिशत धेरै रहने र यो स्वाभाविक नै भएको बताउँछन् पूर्वबैंकर अनलराज भट्टराई । कोरोनाको समयमा अर्थतन्त्र चलायमान नभएकाले धकेलेरै चलाउनुपर्ने अवस्था थियो । अहिले विस्तारै आर्थिक गतिविधिले पुरानो लय समात्दै गर्दा दुई देशको महँगीको प्रवृत्ति सामान्य स्तरमा फर्किएको उनी बताउँछन् । सन् २०२२ को नोभेम्बरयताका १६ मध्ये २ महीनामा मात्रै भारतको महँगीले नेपालको महँगीलाई उछिनेको छ । गएको महीना डब्ल्यूपीआईमा आएको कमीले आगामी दिनमा खुद्रा मूल्य घट्ने अनुमान बढेको छ । डब्ल्यूपीआईमा उत्पादनको स्तर, कम्पनीबीच हुने वस्तु विनिमयको मूल्य हेरिन्छ भने सीपीआईमा खुद्रा उपभोक्ता स्तरमा मूल्य हेरिन्छ ।

भारतको थोक मुद्रास्फीति घट्यो

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ । ‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ । यो १२.४१ प्रतिशत कायम भएको छ । जुलाई २०२२ मा […]

सुध्रेनन् अर्थतन्त्रका सूचक

विदेशी मुद्रा सञ्चिति घट्यो, शोधनान्तर घाटा चुलियो, रेमिट्यान्स आय निरन्तर ओरालो, मुद्रास्फीति ५.६५ प्रतिशत, ब्यापार घाटा ८ खर्ब ८० अर्ब सरकारले कडाइ गर्दागर्दै पनि भएको उच्च आयातका कारण ब्यापार घाटा बढेर ८ खर्ब ८० अर्बभन्दा बढि हुँदा विदेशी मुद्रा सञ्चितिमा झन् दबाब परेको छ । सरकारले आयात नियन्त्रण गर्दा पनि हाल भएको विदेशी मुद्रा सञ्चितीले […]

चालू आवको ५ महीना : मुद्रास्फीति बढ्यो, विप्रेषण आप्रवाह घट्यो

पुस २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महीनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार मुलुकमा महँगी ह्वात्तै बढेको छ।  केन्द्रीय बैंकले बिहीवार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महीनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा मुद्रास्फीति २ दशमलव ९३ प्रतिशत रहेको थियो।  चालू आर्थिक वर्षको पाँच महीनामा कुल वस्तु निर्यात १०५ दशमलव ६ प्रतिशतले वृद्धि भएर १०२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष  सोही अवधिमा यस्तो निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो।  समीक्षा अवधिमा कुल वस्तु आयात ५९ दशमलव ५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष भने सोही अवधिमा यस्तो आयात ९ दशमलव ६ प्रतिशतले घटेको थियो। मंसिरसम्म कुल वस्तु व्यापार घाटा ५४ दशमलव ७ प्रतिशतले बढेर ७३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा १० दशमलव ९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव ३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा चालू खाता ३०० अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष सोहि अवधिमा चालू खाता २३ अर्ब रुपैयाँले बचतमा घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति  १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति  १०६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको थियो।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६ दशमलव ८ प्रतिशतले कमी आई  ३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा भने  विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो।

घरजग्गाको मूल्य वृद्धिदर घट्यो

घरजग्गाको मूल्य वृृद्धिदर घटेको छ । कोभिड महामारीसँगै कारोबारमा मन्दी आएका कारण मूल्यवृद्धिसमेत घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको हो ।राष्ट्र बैंकले पहिलोपटक गरेको घरजग्गाको मूल्य सर्वेक्षणमा घरजग्गाको मुद्रास्फीति घटेको हो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६-०७७ मा वाणिज्य बैंकको मूल्यांकनका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयको कारोबारका आधारमा १९.७३ […]