पेट्रोल र डिजेलमा विक्रेताहरूले लिँदै आएको कमिशन बढ्यो

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनबीच  अधिकृत विक्रेताहरूले लिँदै आएको पेट्रेल तथा डिजेलको कमिशन वृद्धि गर्न सहमति भएको छ ।  शनिवार निगमको केन्द्रीय कार्यालय बबरमहलमा भएको छलफलमा निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल तथा डिजेलमा लिँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको हो ।  जसअनुसार, अब पेट्रोलमा ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिशन अधिकृत विक्रेताहरूले लिने भएका छन् । यस अघि उनीहरूले पेट्रोलमा ३ प्रतिशत र डिजलमा २.६५ प्रतिशत कमिशन लिँदै आएका थिए ।  &...

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोल तथा डिजलको मुल्य ८ रूपैयाँ र मट्टीतेलको मूल्य १२ रूपैयाँ बढाएको छ ।भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।यसअघि जेठ १९ गते प्रतिलिटर १० रूपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको निगमले अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल […]

प्रदेश १ः पेट्रोल पम्पमा किन बढ्यो भीड?

मोरङ– पेट्रोलियम पदार्थमा देखिएको अन्यौलतासँगै विराटनगरका पेट्रोल पम्पमा सर्वसाधारणको भीड बढेको छ। शनिबार विराटनगरका अधिकांश पेट्रोल पम्पमा पेट्रोल तथा डिजल भर्नका लागि सवारीसाधनको घुइँचो रहेको छ। केही पम्प पेट्रोल नभएको जनाउँदै बन्द अवस्थामा रहेका छन्। नेपाल आयल निगमबाट कमिशन रकम प्राप्त नभएपछि पेट्रोलियम डिलर्स एशोसिएनले शुक्रबार विरोध जनाएको थियो। यद्यपि शनिबार दिउँसोबाट प्रदेशका अधिकांश जिल्लामा […]

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । डिजेल र पेट्रोल दुबैमा ३/ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ ।   ...

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

वैशाख ४, काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको […]

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...

फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ !

काठमाण्डौ -नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो ।निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यव...

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो । यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ […]

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम…