पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम…

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्यो, अब कुनको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज माघ ५ गते रातीदेखि लागु हुने गरि डिजेल, पेट्रोल , मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।जस अनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रु. ३।०० ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १३९।०० र रू. १२२।०० कायम गर्ने निर्णय गरेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ । ०० अमेरिकी डलर कायम गर्ने निर्णय गरेको छ । एल.पी.ग्यासको विक्री मूल्य हाललाई यथावत राखिएको छ।निगमले पछिल्लो पटक मिति २०७८।०७। २४ मा मूल्य समायोजन गरेपश्चात हालसम्म अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा नै रहि पुनः निरन्तर बढ्दै गई कच्चा तेलको मूल्य झण्डै USD ८५ देखि ८९ प्रति व्यारल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६,२०२२ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा रु. ८.८१ तथा प्रति सिलिण्डर एल.पि. ग्यासमा रु. ६४६.१६ घाटा कायम भएको हुँदा निगमलाई १५ दिनमा करीब रू. २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि मिति २०७८।१०।०३ मा प्रेषित विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो।यस मूल्य समायोजन पश्चात् पनि निगमलाई निम्न बमोजिम १५ दिनमा करीब रू.१ अर्व ८८ करोड घाटा हुने स्थिति देखिएको उल्लेख गरेको छ।पेट्रोल : रू. १०.७२ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ३४.८१ करोड)डिजेल : रू. ६.३३ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ५७.४३ करोड) मट्टितेल : रू. २२.६४ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.०७ करोड) हवाई इन्धन (आन्तरिकतर्फ): रू. ९.६२ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.६१ करोड) . हवाई इन्धन (बाह्यतर्फ): रू. २९.०३ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. १३.७९ करोड एल. पि. ग्यासः रू. ६४६.१६ घाटा प्रति सिलिण्डर (१५ दिनको घाटा करीब रू. ११४.८६ करोड)यस अघि : आयल निगमले भन्यो 'संचित बचत शून्यमा झर्यो, इन्धन किने वापत भारतलाई तिर्न पुग्ने रकम पनि छैन'

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल , डिजेल, मट्टीतेल र ग्याँसको मुल्यवृद्धि गरेको छ ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर  ३ रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो ।  यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ।

निगमले फेरि ३ रुपैयाँ बढायो डिजेल र पेट्रोलको भाउ

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ ।यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजेल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसि

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।   निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन( आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ । स्वचालिन मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरसनले नै बढाएर मूल्य पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१७ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ […]

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको निगमले जनाएको छ । भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको १४ स...