लघु बीमा लाइसेन्स वितरणको विषयलाई लिएर बजारमा अनावश्यक हल्ला, शंका तथा उपशंका व्यक्त भएको भन्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आक्रोश व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रको साना पुँजी भएका, गरिब, साना लघु व्यवसाय र सम्पत्तिको सुरक्षण गर्नकै लागि समितिले लघु बीमा योजना अघि बढाएको उनले बताए । तर, बजारमा पैसा खाएर समितिले लाइसेन्स बाँड्न लागेको भन्ने गलत होहल्ला गरिएको भन्दै अध्यक्ष सिलवालले भने,‘बच्चा जन्मिएको छैन छोरा कि छोरी ! भर्खर मात्र लाइसेन्सको आह्वान गरिएको तर को आउँछन्