कुमारी धनवृद्धि योजनाले बिहीवारदेखि १२ करोड इकाई विक्री गर्ने

जेठ ११ , काठमाडौं । कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना सञ्चालन गर्ने भएको छ । यसका लागि क्यापिटलले जेठ १२ गते अर्थात् बिहीवारदेखि सर्वसाधारणमा इकाई जारी गर्ने भएको हो । उक्त क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो ।  यस योजनाका लागि निष्कासनमा आउने कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उल्लेखित इकाई खरीदका लागि आवेदकहरुले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । यस इकाई खरीदका लागि छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने जेठ २६ गतेसम्म आवेदन दिन सकिने मिति तय गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटललेनै पुरा गर्दैछ । विक्री प्रबन्धकसँगै सी आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिनेछ ।  

सम्बन्धित सामग्री

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

कुमारी धनवृद्धि योजना बाँडफाँड, १ लाख ३९ हजारले पाए माग गरे बमोजिमकै इकाइ

कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्डको शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले यही जेठ १२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई शुक्रबार बाँडफाँड भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था बमोजिम अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको कुल निष्काशनको बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ प्रतिशत विजपुँजी वापतको १ करोड ८

कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड

कुमारी क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ। कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई आज शुक्रबार बाँडफाँड भएको हो । कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १० दरको १२ करोड इकाई जेठ १० १२  देखि जेठ २६ गते सम्म निष्काशन भएको थियो । क्यापिटलका अनुसार  विजपूँजी वापतको १,८३,७६,०८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १०,४१,३१,१७० इकाई अन्य आवेदकलाई बाँडफाँड गरिएको छ । आवेदक दिएका १,३९,१३९ जना मध्ये रितपुर्वक आवेदन दिनेने १,३९,०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ भने दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द भएको छ।  यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।  क्यापिटलले यस योजनामा पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

कुमारी धनवृद्धि योजनाले जेठ १२ गतेदेखि १२ करोड इकाई विक्री गर्ने

जेठ ९ , काठमाडौं । कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना सञ्चालन गर्ने भएको छ । यसका लागि क्यापिटलले जेठ १२ गतेदेखि सर्वसाधारणमा इकाई जारी गर्ने भएको हो । प्रतिइकाई रू.१० अंकित दरका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई क्यापिटलले जारी गर्न लागेको हो ।  क्यापिटलले कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त इकाई खरीदका लागि आवेदकहरुले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । यस इकाई खरीदका लागि छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने जेठ २६ गतेसम्म आवेदन दिन सकिने मिति तय गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको उक्त योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटललेनै पुरा गर्दैछ । विक्री प्रबन्धकसँगै सी आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

जेठ १२ गतेदेखि म्युचुअल फण्ड निष्कासन गर्दै कुमारी क्यापिटल

जेठ ३, काठमडौं । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरमा रू. एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ । यो एक बन्दमुखी योजना हो । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि बोर्डबाट अनुमति पायो

वैशाख २८, काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २२ गते अनुमति पाएको हो । फण्डले प्रतिइकाइ रू. १० का १२ करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।