काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।
गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए ।
३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाए...