‘नेपालमा लगानीको वातावरण सकारात्मक’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेको बताउनुभएको छ । राजधानीमा सोमबार आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलन उद्घाटन कार्यक्रममा उहाँले लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई लगानी ल्याउन पनि आग्रह गर्नुभयो ।

सम्बन्धित सामग्री

लगानीको वातावरण बनाउन दर्जन ऐन संशोधन गर्न सुझाव

सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा मुलुकमा लगानीको वातावरण सिर्जना गर्नका लागि एक दर्जन कानुन संशोधन गर्न सुझाव दिएका छन्।...

लगानीको वातावरण बनाउन ५ वटा कानुन खारेज हुनैपर्छ : परिसंघ

काठमाडौँ  : नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट ५ वटा कानून खारेज गर्नुपर्ने जानकारी गराएको हो।परिसंघले अन्य तीनवटा नयाँ कानून ल्याउनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्यमा

बन्दै लगानीको वातावरण

मुलुकभित्र वैदेशिक लगानी आउने वातावरण छैन भन्ने आरोप लाग्दै आएकोमा सरकारले क्रमश: काम गर्दै आएको छ । सरकारले वैदेशिक लगानीसम्बन्धी अहिलेकोे व्यवस्थामा सुधार गरिरहेको छ । गत सातामात्र स्वचालित प्रणालीबाट स्वीकृत हुने लगानीको सीमा ५० करोड पुर्‍याउने काम भएको छ । यसअघि १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत गरिँदै आएको थियो । लगानीकर्ताको माग […]

नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन्।...

लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध: मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार तयार रहेको बताएका छन् । अमेरिकी राजदूत डिन आर थम्पसनसँग बुधवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री रिजालले यस्तो बताएका हुन् । नेपालमा लगानी भित्याउन अमेरिकी राजदूत थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । मन्त्री रिजालले नेपालको विकास लगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सराहनीय रहेको बताए । आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्याउन सकिन्छ भन्नेमा सरकार लागिपरेको भन्दै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । आगामी मे महीनामा काठमाडौंमा हुने टिफा काउन्सिलको छैटौं बैठक द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे । भेटमा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत अमेरिकाले कुनै व्यापारमा न कुनै रूपमा सहयोग जारी राख्ने अपेक्षा गरे । सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायत क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको उनले स्मरण गरे । उक्त क्षेत्रमा लगानी बढाउन र विविधीकरण गर्न अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने विश्वास उनले व्यक्त गरे । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।

खै लगानीको वातावरण

हाम्रा दुई छिमेकी मुलुक चीन र भारतले खर्बौं रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ल्याउँदा हाम्रोमा भने निरन्तर घट्दो क्रममा छ । मुलुकको आर्थिक विकासका लागि विदेशी लगानीको महत्त्व कस्तो छ, सायद भनिरहनुपर्ने विषय रहेन । यस्तो महत्त्वको विषय बढाउनुपर्नेमा लगातार घटिरहनु चिन्ताको विषय हो । आगामी दिनमा पनि यस्तै अवस्था रहे आर्थिक विकासको कोरा कल्पनाभन्दा अर्को […]

लगानीको वातावरणमा प्रश्नचिन्ह

काठमाडौं । अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर व्यवसाय गर्नेहरूमा ७७ प्रतिशतले कमी आएको छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै २/२ पटक अन्तराष्ट्रिय लगानी सम्मलेनसमेत आयोजना गरे । सरकारले लगानीको वातावरण बनाउन भन्दै नयाँ केही ऐन बनाएको पनि छ […]

वैदेशिक लगानीको वातावरण निर्माणमा सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी सम्बन्धी केही समस्या भए समयै आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु् र घाटा हुनु हो भन्दै उहाँले […]