नेपालमा कोरोनाभाइरस (कोभिड - १९) को डेल्टा भेरियन्टको नयाँ म्युटेसन पनि फेला परेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा फैलिएको कोरोनाको भेरियन्टलाई डेल्टा नामकरण गरेको थियो ।
त्यसको नयाँ म्युटेसन नेपालमा फेला परेको र त्यसलाई एवाई.१ नाम दिइएको मन्त्रालयले जनाएको छ ।
नेपालसहित १० देशमा भेटिएको यो भेरियन्ट अझ बढी संक्रामक रहेको बताइएको छ ।
नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट भेटिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :