काठमाडौं : भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटको हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भाजपा नेतृ फोगाटको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो। सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए। उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् ।