कृषला चौधरी हत्या आरोपमा दुईजना पक्राउ

३२ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको  आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा शव फेला […]