बाजुरा घटना : अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि कांग्रेसका कार्यकर्ताले कुटेर ऐडीको हत्या गरेको एमालेका स्थायी समिति सदस्य कर्ण थापाले दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ घर भएका २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।त्रि