म्याग्दी – कालीगण्डकी नदी दोहन तथा उत्खनन गर्ने एक्स्काभेटर र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार कालीगण्डकीकाे स्थलगत अनुगमन गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको नदी किनारबाट एक्स्काभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
सुरक्षा निकायले अनुगमनका क्रममा अवैध रूपमा नदी दोहन गर्ने काममा प्रयोग भएको एउटा एक्स्काभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
कालीगण्डकी नदी दाेहन गरेकाे र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको प...