पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीकाअनुसार बुधबार विहान उनी मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।