म्याग्दी : नदी किनार हुँदै खनिएको मोटरबाटो, वारीपारी अव्यवस्तितरूपमा विस्तार हुँदै गरेको बस्ती तथा बाढीपहिरो र कटानका कारण कालीगण्डकी साँघुरिन थालेको छ। मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको र बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिदै गएको सरोकारवालाले बताएका छन्।धार्मिक,सांस्कृतिक र जैविक महत्त्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासि