काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन भएको छ। पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षीय उनको आज बिहान निधन भएको हो। “स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्।