काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुरा सकारात्मक भएको बताएका छन्। प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘कुराकानी राम्रो भयो।’ओली निवास बालकोटमा प्रधानमन्त्री र ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका थिए। संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदल