जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन भएकी छिन् । अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ ।तर जनमत पार्टीका केन्द्रीय सदस्य अञ्जनीदेवी मण्डल (महोत्तरी) ले अनिताकुमारी साह पार्टीकै नेतृ रहेको दावी गरिन् । उन