म्याङलुङ : करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले। घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ। विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन्। तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गरे। तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे।थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती