खडेरीले ब्याड र रोपेको धान सुक्न थाल्यो

सर्लाही : पानी नपर्दा सर्लाहीका किसानले राखेको धानको ब्याड र रोपेको धान सुक्न थालेको छ। पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो। पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन्।पानी नपर्दा विशेष गरी जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपास र चुरेभेगका किसान सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्लामा चुरेको फेदी र पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रमा आकाशेपानीकै भरमा रोपाइँ हुने गरेको छ।दुई साताअघि दुई दिन झ

सम्बन्धित सामग्री

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो ।

असार सकिँदा बाँकेमा ४६ प्रतिशत मात्रै रोपाइँ, रोपेको धान पनि सुक्न थाल्यो

नेपालगञ्ज – बाँकेमा असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ। लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ। मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताए। कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरेका छन्। बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ। कृषि ज्ञान केन्द्र, […]

सुक्न थाल्यो रोपेको धान

वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताउनुभयो । प्रमुख अहमदले भन्नुभयो, “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुने छ ।”