ताप्लेजुङ – ताप्लेजुङको हिमाली गाउँ घुन्सा र फलेमा स्याउ फल्न थालेको छ । पहिलो पटक स्याउ रोपेको गाउँमा यस वर्षदेखि फल्न थालेको हो ।
तीन हजार चार सय मिटर उचाइमा रहेको घुन्सामा रोपेको स्याउ छ महिनामै फल्न थालेको फक्ताङलुङ गाउँपालिका ६ का वडाध्यक्ष पेमाटाँसी शेर्पाले बताउनुभयो । त्यहाँ परीक्षणका लागि २० वटा बिरुवा रोपिएका छन् । अब स्याउ खेती विस्तार गर्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै फलेमा पनि स्याउ फल्न थालेकाे छ ।
दिगो पर्यावरणीय कृषिअन्तर्गत स्विट्जरल्यान्डकाे प्राविधिक सहयोग तथा पुतली सहयोग य...