काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीदका लागि सम्बन्धित कम्पनीहरूका संस्थापक शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रीय कार्यालयमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।