सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेज प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउँदै आएको छ