सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन–गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो । सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित भएको थियो । […]