काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीमा श्रृङ्खलाबद्ध रूपमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् ।
अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । त्यहाँको रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गए पछि सेना प्रमुख वलीलाई हटाएर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ ।
नवनियुक्त सैन्य प्रमुखलाई देशभर बढेको हिंसा र तालिबानका गतिविधिलाई परास्त गर्नु पर्ने चुनौती रहेको छ । २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्...