हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर भोलि (बुधवार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९५ दशमलव ०९ देखि २८५ दशमलव २७ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।  कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी सहित २९ लाख ३६ हजार २५ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ करोड ४ लाख ७५ हजार कित्ता गरेर कुल २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौंको लाजिम्पाटस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एचएटीएचवाई रहेको छ । 

सम्बन्धित सामग्री

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

२ असोज, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण […]

सेयर बजारमै लगानी गर्ने हाथवे इन्भेष्टमेन्टको आईपीओ, कम्पनी लगातार नाफामा

२२ भदौ, काठमाडौं । विशिष्टीकृत रुपमा सेयरबजारमै लगानी गर्ने कम्पनीको पहिचान बनाएको हाथवे इन्भेष्टमेन्ट कम्पनी आफैंले प्राथमिक निष्कासन गरिरहेको छ । इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडपछि सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन गर्ने यो तेस्रो इन्भेष्टमेन्ट कम्पनी बनेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरीसकेको छ । […]

२१ भदौदेखि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट

११ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले २१ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यको सेयर सार्वजनिक गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० […]

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन ४ देखि १८ गतेसम्म विक्री गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १४ हजार ६२५ जना आवेदकहरूलाई २० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार २७ हजार २३६ जनाले १४ लाख १७ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये रितपूर्वक नभएको भन्दै ५ जनाको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका २७ हजार २३१ जना आवेदकलाई बाँडफाँटमा सहभागी गराइएको थियो । गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा भाग्यमानी १४ हजार ६२५ जना आवेदकहरूले मात्र शेयर प्राप्त गरेका हुन् । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरेको हो । नेपालको धितोपत्र बजारमा ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने यो पहिलो कम्पनी छ । यसअघि सोल्टी होटलले प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको थियो ।  जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि कम्पनीले बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २५० कित्ता सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता रू. ५० मा आईपीओ निष्कासन गर्ने

वैशाख १२, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता रू. ५० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले रू. १४ करोड ६२ लाख ५० हजार बराबरको प्रतिकित्ता रू. ५० अंकित दरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत चैत २५ गते नै निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले आव २०७७/ ०७८ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिएको छ । उक्त कम्पनी नेपालको पहिलो निजी इक्विटी लगानी कम्पनी हो ।

प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासनको तयारीमा हाथवे कम्पनी

हाथवे इन्भेष्टमेन्ट नेपालले सस्तो दरमा आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ ।

५० रुपैयाँमै आउने भयो हाथवेको आईपीओ

१४ कात्तिक, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न …