अम्बिका पौडेल आवद्ध हाथवे इन्भेष्टमेन्टले आईपीओ ल्याउने, बिक्रि प्रवन्धकमा ग्लोबल

हाथवे इन्भेष्टमेन्ट नेपालले साधारण शेयर (आईपीओ) ल्याउने भएको छ ।कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा हाथवे इन्भेष्टमेन्ट नेपाल को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।हाथवे इन्भेष्टमेन्टमा भेट्रान लगानीकर्ता अम्बिका पौडेल पनि आवद्ध छन् ।