कोरोना राहत बुझ्नेकै घर मालिकसँग २५ लाख रुपियाँ

झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो । राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्न र मजदुरी गरेर घर चलाउनेका लागि राहत

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि देशभर नै लकडाउन थियो । बजार व्यवसाय देखि सबै क्षेत्र बन्द हुँदा त्यसले समग्र देशको अर्थतन्त्रमा नै असर पुर्‍याएको थियो । धेरैका रोजगारी गुमे । दैनिक मजदुरी गरेर खाने परिवारको अवस्था झनै दयनीय बन्दै गएको थियो । कोरोनाको प्रभावले सल्यानको बागचौर नगरपालिका ६ की तिलसरा विकको परिवार पनि अछुतो […]

सरकारको प्याकेज : गरीबलाई दशैंमा १० हजार, बिरामीलाई मासिक ५ हजार !

शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।संसदमा प्रतिपक्षी एमालेको

चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख राहत

गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। मुसिकोट नगरपालिका–४ बडागाउँकी करिष्मा गाहाको गत वैशाख २४ मा चट्याङ लागेर मृत्यु भएको थियो।करिष्माका ससुरा तुलबहादुर गाहालाई गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै गई राहत रकम प्रदान गरेकी हुन्। शर्माले कोरोना महामारी र विभिन्न समस्याले गर्दा केही ढिलो राहत उपलब्ध गरिएको बताइन्।मुसिकोट नगरपालिका–१ नेटामा माइती घर भएकी करिष्माको बिहे भएको तीन महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको थियो।&n

धादिङका कोरोना प्रभावित र बाढी पीडितलाई रुपन्देहीका युवाद्वारा राहत वितरण

यमलाल भुसाल, बुटवल । कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् । हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन […]

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौं, ५ साउन । ताईवानस्थित् चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो । असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिव २५ दिनसम्म चलेको थियो । जसमा […]

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौँ– ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ। आर्थिक रुपले विपन्न तथा बाढी पहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो। असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिब २५ दिनसम्म चलेको थियो। जसमा २०० स्वयंसेवक परिचालन गरिएको राहत […]

राहत पाएपछी सुकुम्बासी परिवार खुसी हुँदै भने ‘अब केहि दिन चुल्हो बल्छ’

शरणामती,जेठ २६। झापा गाउँपालिका-६ स्थित फुलगाछीमा २३ घर-परिवार रहेको सुकुम्बासीहरुले राहत पाएपछि खुसी भएका छन्। त्यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र रहेको छ। अहिले मुलुकलगायत झापामा समेत कोरोना महामारीका कारण निषेधाज्ञा जारी छ। निषेधाज्ञाका बीच काम नपाएर भोको रहेका २३ घरपरिवारलाई बुधवार गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हरि बहादुर बानियाँ साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि […]

आम मानिसका लागि 'सुपर हिरो' बनेका सोनू सूदविरुद्ध उजुरी

कोरोना भाइरस महामारीका कारण अभावको चपेटामा परेकाहरूलाई सहयोग पुर्‍याए अभिनेता सोनू सूदले। उनले लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरे। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा 'सुपर हिरो'को रुपमा व्याख्या गरियो सूदलाई। यस पटक भने उनीविरुद्ध उजुरी दर्ता भएपछि सोनूको नाम समाचारको शीर्षक…

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो ।

भारतमा अलपत्र परेका नेपालीलाई अन्तर्राष्ट्रिय पर्वत समाजको राहत

पर्वत : कोरोना भाइरसका कारण रोजगारी गुमाएर भारतको नयाँ दिल्लीमा अलपत्र परेका नेपालीहरूलाई अन्तर्राष्ट्रिय पर्वत समाजले राहत स्वरुप खाद्यान्न तथा नगद उपलब्ध गराएको छ।  पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीको वितलब घर भएका करिब ५० जनाभन्दा बढीलाई राहत प्रदान गरिएको हो। कोरोनाको महामारी बढेपछि उनीहरुलाई रोजगारीब...