कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो ।
धनगढी– घर निर्माणका नयाँ प्रविधिमा प्रयोगकर्ताहरू आकर्षित हुँदै गएको नवीन प्रविधिका व्यवसायी बताउँछन् । नयाँ निर्माण प्रविधिको आकर्षणले गर्दा कंक्रिटमा आधारित निर्माण परिवर्तन भइरहेको उनीहरूले बताएका छन् । कंक्रिटको सट्टा मेटल स्ट्रक्चरबाट घर बनाउने, काठको सट्टा युपिभिसिका झ्याल ढोका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । निर्माणको नयाँ प्रविधिबाट घर बनाउने ग्राहक संख्या बढ्दै गएको हुनाले […]
धनगढी – लगातारको वर्षासँगै आएको बाढीका कारण कैलालीमा करिव १५ सय घर परिवार डुवानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वि क्षेत्रका ५ पालिकामा डुवानका कारण नागरिकलाई समस्या भएको छ । जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिव ४ सय, कैलारी गाउँपालिकामा १ सय ८०, टिकापुर नगरपालिकामा १ सय […]
सुर्खेत-चर्चा परिचर्चा गर्दागर्दै स्थानीय तहको निर्वाचन मिति वैशाख ३० नजिकै आइपुगेको छ । अब मतदान गर्ने दिन आउन दुई एक दिनमात्र बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको पनि निकै चाप छ । सुर्खेतमै व्यवसाय, अध्ययन तथा कामको […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ […]
काठमाण्डाै – मतदान गर्ने दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ ।
यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ ।
गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आ...
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन् ।कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको
पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।...
डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौंको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले बताएको छ । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । ‘अहिले खप्तड हेर्नलायक छ, यहाँका दृश्य अवलोकनका लागि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने ।
कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि गत वैशाखयता खप्तडमा तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्यांक छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरवास होमस्टे तथा विश्रामस्थल निर्माण भएका छन् । यसकारण पनि पर्यटक बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए । ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आकर्षण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ,’ उनले भने । यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ ।
जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेहरू बढेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौं, सुविधा पाउन थालेपछि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए ।
खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार अहिले खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् । रासस
प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको […]