गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। मुसिकोट नगरपालिका–४ बडागाउँकी करिष्मा गाहाको गत वैशाख २४ मा चट्याङ लागेर मृत्यु भएको थियो।करिष्माका ससुरा तुलबहादुर गाहालाई गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै गई राहत रकम प्रदान गरेकी हुन्। शर्माले कोरोना महामारी र विभिन्न समस्याले गर्दा केही ढिलो राहत उपलब्ध गरिएको बताइन्।मुसिकोट नगरपालिका–१ नेटामा माइती घर भएकी करिष्माको बिहे भएको तीन महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको थियो।&n