नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर अफर गरेपछि राष्ट्र बैंकले आफैले बिलको खरिद गरेको छ । राष्ट्र बैंकले पछिल्लो पटक साउन १७ गते बिक्री गर्न लागेको ९१ दिने र १८२ दिने गरी कुल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी मध्ये ९ अर्ब ६० करोड आफैले खरिद गरेको हो । बाँकी ५० करोड रुपैयाँ भने अघिल्लो पटकको ट्रेजरीमा नवीकरण गरिदिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि कुल ५ अर्ब १० करोडको ट्रेजरी आह्वान गरिएकोमा २७ वटा बैंक तथा वि