पाल्पा : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि जिल्ला तहदेखि प्रतिनिधि छनोट चलिरहेको छ।सोहीअन्तर्गत पाल्पामा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्य चयन भएका छन्।सहमति हुन नसकेपछि सोमबार मतदानबाट भएको चयन गरिएको हो। शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार प्यानल बनाइ निर्वाचनमा उत्रिएका थिए। मत परिणामका आधारमा पौडेल पक्ष हाबी भएको छ। कुल निर्वाचितमध्ये ३ जना मात्र देउवा पक्षका छन्, बाँकी सबै पौडेल पक्षका निर्वाचित भएका छन्।&n