माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय उनीहरू स्थानीय निर्वाचनमा गठबन्धनको विषयमा छलफल भएको छ । छलफलपछि अध्यक्ष […]

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु  एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

प्रचण्डपछि उपेन्द्र पुगे माधव नेपाललाई भेट्न कोटेश्वर

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार बिहान नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको बुझिएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिए लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको ब

जसपाका सङ्घीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  भट्टराईलाई भेट्न विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित उहाँको निवास पुग्नु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता बास्तोलाले बताउनुभयो । यसअघि हिजो विप्लवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नु भएको थियो भने अस्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।

प्रचण्ड र नेपाल पछि बाबुराम भट्टराईसँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पूर्ववर्ती सरकारसँग गरिएको सम्झौताको स्वामित्वको लागि राजनीतिक भेटवार्ता गर्ने पार्टीको निर्णय कार्यान्वयनको लागि भन्दै विप्लवले भट्टराईसँग भेटवार्ता गरेका हुन् । विप्लवले बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीवार नेकपा एमालेका नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । शुक्रवार भट्टराईसँगको भेटमा विप्लवले संसदीय व्यबस्था असफल भएकाले वैज्ञानिक समाजव...

बूढानीलकण्ठमा चार नेताबीच भेटवार्ता

विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ । बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति स...

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार राति भेटवार्ता भएको छ । धुम्वराही चप्पल कारखाना नजिक व्यवसायी प्रमोद राणाको निवासमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार दुवै नेता सुरक्षा सहयोगी बिनै ती व्यवसायीको घरमा पुगेका थिए । वैकल्पिक सरकार गठनको गृहकार्यमा लागेको प्रचण्ड र देउवाबीच मंगलवार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलवार दिउसो कांग्रेस सभापति देउवासँग जसपाका...

माओवादी र जसपाको शीर्ष नेताबिच भेट : सत्ता समीकरणमा जारी छ छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेटवार्ता गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड र नेता श्रेष्ठले छलफल गरेका हुन्। प्रचण्ड निकट स्रोतले चार जनाबिच ४५ मिनेट कुराकानी भएको जानकारी…

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]