माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]

सम्बन्धित सामग्री

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्र विजयी

जनता समानवादी पार्टी (जसपा)का संघीउ अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकाको माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् ।  उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठ

एमसीसीबारे जसपा अझै अनिर्णित

एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ । जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।  गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।  'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस)ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ,' राईले लोकान्तरसँग भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्...

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी, २ मन्त्रीले लिए सपथ

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री सहभागी भएका हुन्। माओवादीबाट सरकारमा सहभागी भएका संसदीय दलका नेता भरतप्रसाद साह र रुवी कर्णले शनिबार नै सपथ लिएका छन्। साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्णलाई साेही मन्त्रालयमा राज्यमन्त्रीकाे जिम्मेवारी […]

प्रदेश–२ सरकारमा किन सहभागी भएन माओवादी केन्द्र ?

काठमाडौं। प्रदेश–२ मा जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भएन। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। कांग्रेसलाई ३ मन्त्रालय र माओवादीलाई २ मन्त्रालय दिएर सहभागी गराउने तयारी गरिएको थियो। तर एउटा मन्त्रालय मात्र दिने कुरा भएपछि माओवादी सरकारमा तत्कालै नजाने भएको माओवादीको तर्फबाट वार्ता टोलीका सदस्य जगत यादवले बताए।

कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओन...

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त…

सत्तासहकार्यका लागि तीनवटै दलसँग छलफल गर्दै जसपा

नेकपा एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ । तर, जसपा सचिवालयको बिहीबार बसेको बैठकले संसद्मा रहेका प्रमुख तीन दलसँग सत्तासहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ । जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टाईले बताए । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको...

माओवादी र जसपा नेताहरुको भेट, एकै ठाउँमा उभिन दाहालको आग्रह

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग छलफल भएको हो।...