बस्दै प्रतिनिधि सभाः एमालेको रणनीति संसद चल्न नदिने, गठबन्धन एकढिक्का हुन सकेन
संसदको नवौं अधिवेशन अन्तर्गत मंगलबार प्रतिनिधिसभाको चौथो बैठक बस्दैछ । गत हप्ताको बुधबारदेखि एक एक दिन बिराउँदै बसिरहेको बैठक अन्तर्गत मंगलबार दिउँसो १ बजेलाई बैठक डाकिएको छ ।
करिब एक वर्ष पछि बसेको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधवार साँझ सकिएको छ। दुई–दुई महिनामा बस्नुपर्ने बैठक एक बर्षपछि बस्दा पनि यसले अपेक्षाकृत रणनीति तर्जमा गर्न सकेन।...
काठमाडौं, ८ पुस । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन रहेसम्म पार्टीले सरकार गठनको पहल कदमी नलिने बताएकी छन् । ‘हामी गठबन्धन भत्काउन लागेका छैनौं । हामीले त्यस्तो रणनीति बनाउन पनि पर्दैन । त्यो आफैं भत्किन्छ । गठबन्धन रहेसम्म एमालेले सरकार गठनको पहल कदमी पनि लिँदैन । तर गठबन्धनले सकेन भने टुलुटुलु हेरेर बस्न पनि […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा चुनावी समीक्षाका लागि बैठकको माग उठ्न थालेको छ । लोसपाले अपेक्षा गरेअनुसार सीट आएन भने पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । यसले पार्टीका नेता तथा कार्यकर्ता निराश भएका छन् । यो निराशालाई आत्मबलमा बदल्नका लागि समीक्षा बैठक तत्काल बोलाउनु पर्ने सो पार्टीका नेताहरूको भनाइ छ । सो पार्टीका नेता मनिष मिश्रले पार्टीका शीर्ष नेता तथा कार्यकारिणी समितिले अविलम्ब बैठक बोलाई हारको समीक्षा गरेर आगामी दिनका लागि ठोस रणनीति बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं, ११ असोज । अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ । दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे । बङ्गलादेशले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो । उसले एक गोल थपेपनि बराबरीको प्रयास सफल बनाउन सकेन । पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण गरेका प्रदीप हुमागाईंको रणनीति […]
१२ वर्षअगाडि नेपालको प्रतिस्पर्धी तथा तुलनात्मक लाभका वस्तु तथा सेवालाई निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन हुँदा पनि रणनीतिमा सूचीकृत गरिएका वस्तुको निर्यात बढ्न सकेन । नेपालमा नीति बनाउने कुरामा जति गम्भीरता तथा मेहनत गरिन्छ, त्यसको कार्यान्वयनमा त्यति उत्साहजनक नदेखिनु पुरानै परिपाटी हो । एकपटक नीति बनेपछि समय सान्दर्भिक रूपमा […]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । सरकारले निर्यात वृद्धिका लागि यसअघि पनि यस्तै रणनीति बनाएको थियो । तर, नेपालको निर्यातको वृद्धि कछुवा गतिमा भइरहेको छ जब कि आयात निकै गुणा बढिरहेको छ । यही कारण नेपालको व्यापार घाटा उच्च भएर विदेशी विनिमय सञ्चितिमा समेत दबाब परेको छ र सरकारले दबाब कम गर्न आयात निरुत्साहन गर्ने नीति लिनु परिरहेको छ । नेपलमा यस्तो रणनीति किन बनाइन्छन् र किन ती असफल हुन्छन् भन्नेबारेमा कमैले चासो दिएको पाइन्छ ।
निर्यात किन बढ्न सकेन, केकेमा निर्यात सम्भावना छ भन्नेमा सरकारसँग पर्याप्त अध्ययन छ, ती राम्रा पनि छन् । तर, तिनको समाधानमा भने चासो छैन ।
उद्योग, वाणिज्य, कृषि, पर्यटनलगायत अर्थतन्त्रसँग सम्बद्ध क्षेत्रबाट अत्यधिक लाभ लिन सरकारले पाँचवर्षे, दशवर्षे तथा बीसवर्षे रणनीतिसमेत बनाएको पाइन्छ । यस्ता रणनीतिहरूको परिणाम भने निष्प्रभावी नै रहेको देखिन्छ । अहिले सरकारले नयाँ व्यापार रणनीति बनाउने तयारी थालेको छ । सरकारले सन् २००४ देखि यस्ता रणनीतिहरू बनाउँदै आएको छ । तर, निर्यातको आकार आयातको अनुपातमा निकै सानो छ । अर्थात् ती नीतिअनुसार काम नभएकाले निर्याय अपेक्षा गरिएअनुसार बढ्न सकेको छैन । सन् २०१० मा सरकारले नेपाल व्यापार एकीकृत रणनीति (एनआईटीएस) तयार गरेको थियो । यसको समीक्षा २०१६ मा गरेको थियो । अहिले नयाँ रणनीति बनाउने तयारी छ ।
नेपालको कर्मचारीतन्त्रको एउटा ठूलो रोग वा बदमासीलाई यो प्रक्रियाले देखाउँछ । कुनै कुराको अध्ययन गराउने, त्यसको योजना बनाउने तर काम नगर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा छ । काम नभएपछि केही वर्षमा फेरि अध्ययन अनुसन्धान गराउने, नयाँ नीति बनाउने र कारण केलाउने काममा सरकारी संयन्त्र लागिरहेको देखिन्छ । व्यापार रणनीति पनि त्यही प्रक्रियाअनुसार अहिले पुन: बनाउन थालिएको बुझिन्छ ।
हो, मुलुकले अंगीकार गर्ने नीति समयसापेक्ष बनाउन परिवर्तन भइरहनुपर्छ, तिनको अध्ययन अनुसन्धान पनि हुनुपर्छ । यसरी प्राप्त परिणामअनुसार तिनमा सुधार गर्दै जानु पनि पर्छ । यो स्वाभाविक प्रक्रिया हो । तर, नेपालको सन्दर्भमा अध्ययन, अनुसन्धान सही हुन्छ तर रणनीति कार्यान्वयन भने हुँदैन । किन कार्यान्वयन भएन भनियो भने कर्मचारीतन्त्रसँग केही बनिबनाउ जवाफ हुन्छ । त्यही जवाफ दिएर ऊ पानी माथिको ओभानो बनिरहेको हुन्छ । निर्यात वृद्धिको रणनीतिमा पनि यही कुरा लागू हुन्छ । सरकारले निर्यात वृद्धिका लागि विशेष रणनीति बनायो । निर्यातयोग्य वस्तुहरूको सूची बनायो । तिनको उत्पादन र निर्यातको आँकडा पनि सरकारले बनाएको पाइन्छ । तर, तिनको कार्यान्वयन पक्ष फितलो हुँदा नीतिअनुसार काम भएको पाइँदैन । कृषिमा अनुदानको व्यवस्था गर्ने तर त्यो केही चल्तापुर्जा र पहुँचवालाले मात्रै पाउने गरेको कुराले यही कुरालाई संकेत गर्छ ।
निर्यात प्रवद्र्धनका लागि सरकारले निर्यातकर्ताहरूलाई विभिन्न सुविधा नदिएको होइन । तर, प्रक्रिया यस्तो झन्झटिलो छ कि निर्यातकर्ताहरू यो सुविधा सहजै पाउन सक्दैनन् । त्यस्तै निर्यातयोग्य वस्तुको निर्यात किन घटिरहेको छ भन्ने कुराको खोजीसमेत सरकारले गरेको छैन । त्योभन्दा विडम्बना अझ अर्को छ । त्यो हो : व्यवसायीले बुँदागत रूपमा समस्या प्रस्तुत गरेर सुधारका लागि सुझाव दिँदा पनि बेवास्ता गर्नु । निर्यात किन बढ्न सकेन, केकेमा निर्यात सम्भावना छ भन्नेमा सरकारसँग पर्याप्त अध्ययन छ, ती राम्रा पनि छन् । तर, तिनको समाधानमा भने चासो छैन ।
कुरा व्यापार रणनीतिको मात्र होइन, सरकारले बनाउने सबैजसो नीतिको हालत यस्तै छ । सरकारले कृषिको विकासका लागि कृषि दीर्घकालीन रणनीति बनाएको छ । पर्यटनको दीर्घकालीन रणनीति पनि छ । उद्योगका लागि पनि यस्तै रणनीति छ । यी रणनीति बनाउन दातृ निकायहरूसँग सहयोग लिइन्छ । यसका लागि अतिरिक्त खर्च गरिन्छ । यसरी बनेका रणनीतिको टुक्राटाक्री मात्रै कार्यान्वयन हुन्छ, जुन कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई फाइदा हुन्छ । त्यसैले यस्ता रणनीतिको औचित्य खासै देखिँदैन ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति […]
संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको बताएका छन् । कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा उनले कोरोना संक्रमणको जोखिम बढेको बताएका हुन् । डा. थपलियाले संकट व्यवस्थापनका लागि राजनीतिक नेतृत्वमा एक दलको र एक व्यक्ति हावी हुँदा संकट गहिरिँदै गएको बताए । […]
संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले निरन्तर पहल गरेपनि बिहीबार साँझसम्म आइपुग्दा सम्पूर्ण प्रयास विफल हुन पुगेको छ । बहुमतको सरकार बनाउनका लागि कांग्रेस र माओवादी केन्द्रलाई जसपाको उपेन्द्र महतो समूहले सघाएपनि कानुनी रुपमा महन्थ ठाकुर समूह समेतको सहयोग चाहिनेमा त्यो हुन सकेन । ठाकुरलाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बूढानीलकण्ठमा आमन्त्रण गरेर आग्रह गरेपनि ठाकुरले त्यसलाई स्वीकार गरेनन् बरु उनले आफू पक्षीय सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ए...