अन्ततः कांग्रेस र माओवादीले बहुमत जुटाउन सकेनन्, ओलीको रणनीति सफल

संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले निरन्तर पहल गरेपनि बिहीबार साँझसम्म आइपुग्दा सम्पूर्ण प्रयास विफल हुन पुगेको छ । बहुमतको सरकार बनाउनका लागि कांग्रेस र माओवादी केन्द्रलाई जसपाको उपेन्द्र महतो समूहले सघाएपनि कानुनी रुपमा महन्थ ठाकुर समूह समेतको सहयोग चाहिनेमा त्यो हुन सकेन । ठाकुरलाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बूढानीलकण्ठमा आमन्त्रण गरेर आग्रह गरेपनि ठाकुरले त्यसलाई स्वीकार गरेनन् बरु उनले आफू पक्षीय सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ए...

सम्बन्धित सामग्री

“काण्डैकाण्डबाट बच्न गठबन्धनले खोज्यो एमालेको साथ”

पछिल्लो समय सरकार र सरकारमा सामेल गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेसंग नजिकिंदै राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सिट दिन छलफलमा छन् । विगतमा एमालेलाई जसरी पनि निषेध गर्ने रणनीति अपनाएको सरकार र सत्ता गठबन्धनका दलहरु अहिले त्यही एमालेलाई फकाउँदै उसको साथ खोजिरहेका छन् । हुन त कांग्रेस र माओवादीले एमालेलाई राष्ट्रियसभामा सिट दिने …

झापा ५ मा एमालेको कामलाई नै चुनावी एजेण्डा बनाउँदै विपक्षी

झापा-५ मा प्रतिस्पर्धी दलहरुले ओलीको कामको आफ्नै हिसाबले व्याख्या गरिरहेका छन् । रोचक के छ भने, एमालेले जुन कामलाई उपलब्धि भनेर चुनावी रणनीति तय गरेको छ, कांग्रेस र माओवादीले तिनै कामहरुमा खोट देखेका छन् ।

गठबन्धनको गाँठो : सिट संख्या कि प्रधानमन्त्री पद ?

सत्तारूढ मुख्य दुई दल कांग्रेस र माओवादीले आगामी निर्वाचनपछि बन्ने सरकार निर्माणको अंकगणितलाई रणनीति बनाएर भाग खोजेपछि निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्णय लिन गठबन्धनलाई सकस परेको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ ।

गठबन्धनको गाँठो : सिट संख्या कि प्रधानमन्त्री पद ?

सत्तारूढ मुख्य दुई दल कांग्रेस र माओवादीले आगामी निर्वाचनपछि बन्ने सरकार निर्माणको अंकगणितलाई रणनीति बनाएर भाग खोजेपछि निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्णय लिन गठबन्धनलाई सकस परेको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ ।

प्रचण्ड र ज्ञानेन्द्रको ‘स्वाभाविक’ समीकरण

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहलाई पुन: राजा बनाउने कसरत सुरु गरेका छन् । दाहालको यो कसरत आश्चर्यजनक र नयाँ भने होइन । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि सबैभन्दा खुसी हुनेमा पूर्वपञ्चहरू नै थिए । जनयुद्धको सुरुवातसँगै पूर्वपञ्चहरूले संसदीय व्यवस्था अफापसिद्ध भएकाले जनयुद्ध सुरु भएको टिप्पणी गरेका थिए । नेपालमा माओवादी वा राजावादीबाहेक संसद्वादीको राजनीतिक भविष्य छैन भन्ने माओवादीको तत्कालीन प्रचारले राजावादी र माओवादीको भित्री साँठगाँठलाई थप पुष्टि गरेको थियो । राजदरबारसँग माओवादीको विशेष सम्बन्ध रहेको कुरो स्वयम् प्रचण्डले एकपटक स्वीकार गरेका छन् । दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रसँग माओवादीको सम्बन्ध अझ सुदृढ भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस फुटाएर अलग पार्टी खोल्न र मध्यावधि निर्वाचननिमित्त तयार पार्ने रणनीति ज्ञानेन्द्र र माओवादीकै थियो । पछि माओवादीको त्रास देखाएर घोषणा भइसकेको चुनाव हुन दिइएन । र, त्यही चुनाव गराउन नसकेको आरोपमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन ज्ञानेन्द्रलाई कारण बनेको थियो । ज्ञानेन्द्र र माओवादी दुवैको साझा शत्रु लोकतान्त्रिक बहुदलीय संसदीय व्यवस्था हो । उनीहरूबीचको मिलनको मौलिक आधार पनि त्यही हो । दुवैका कार्यशैली र अभीष्ट तानाशाही व्यवस्था स्थापना गर्नु नै हो । दुवैले भारतविरुद्धको चर्को राष्ट्रवादी नारालाई राजनीतिक हतियार बनाएका छन् । वर्ष ५ अंक ५३, २०६७, भदौ १४–२०

प्रतिक्रियावादी र उग्रवामपन्थीहरु अन्ततः एकै ठाउँमा मिल्न जान्छन् : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिक्रियावादी र उग्रवामपन्थी शक्तिहरु एकै ठाउँमा मिल्ने जाने बताउनुभएको छ । शनिबार राजधानीमा राष्ट्रिय जनमोर्चा, काठमाडौंले आयोजना गरेको भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै सिंहले उग्रवामपन्थीहरुले सतहमा क्रान्तिकारी कुरा गरेपनि अन्ततः उनीहरु प्रतिक्रियावादी राज्यव्यवस्थालाई फाइदा पुर्याउने र त्यसैमा मिल्न जाने स्पष्ट पार्नुभयो । नेपालमा गतकालमा माओवादीहरुले सञ्चालन गरेको कथित जनयुद्ध संसदीय राजनीतिलाई नै रणनीतिक रुपमा स्वीकार गर्दै यही व्यवस्थामा विलिन भएको सिंहले स्मरण गर्नुभयो । रणनीति र कार्यनीतिलाई ठिक ढंगले बुझ्न नसक्दा उग्रवामपन्थी गल्ती हुने भन्दै महामन्त्री सिंहले विगतमा माओवादीले गरेको गल्तीलाई अहिलेका विप्लव र वैद्य समूहले दोहोर्याएको उल्लेख गर्नुभयो । सरकारले गरेको संसद विघटनप्रति वेवास्ता गर्नु र संसद पुनर्स्थापनाको मागलाई यथार्थवादी भन्नुले अन्ततः प्रतिगमनलाई फाइदा पुर्याउने सिंहको भनाई थियो । ‘विगतमा माओवादीहरुले तत्कालिन राजासँग मिलेर संसदीय व्यवस्थाविरुद्ध प्रहार गरे । बहुदलीय व्यवस्था मान्ने कांग्रेस, एमालेका दर्जनौं कार्यकर्ताहरुको अपहरण गरे, हाम्रै साथीहरुलाई पनि दुःख दिए । राजासँग मिलेर सत्तामा जाने उनीहरुको योजना थियो । त्यो पुरा नभएपछि भारतसँग मिल्न गए’ सिंहले भन्नुभयो, ‘अहिले वैद्य र विप्लव लगायतका केही समूहहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई यथास्थितिवादी भनेका छन् । रणनीतिक रुपमा त्यो कुरा सही भएपनि कार्यनीतिक रुपले गलत हो । अहिलेको बटमलाइन प्रतिनिधि सभा पुनर्स्थापना हुँदै अघि बढ्नुपर्छ । अन्यथा उहाँहरुले भनेजस्तो नयाँ जनवादी व्यवस्थातिर होइन, देश प्रतिगमनतिर जान्छ ।’ महामन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमले सबैभन्दा धेरै राजावादीहरु खुशी भएको बताउनुभयो । यसबाट गणतन्त्र खत्तम भएर पुनः राजतन्त्र फर्कने, धर्मनिरपेक्षता खत्तम भएर हिन्दु राज्य कायम गर्न वातावरण बन्ने उनीहरुको बुझाई रहेको उहाँले बताउनुभयो । त्यसकारण प्रतिनिधि सभा पुनरुस्थापनाका लागि संघर्ष गर्ने हरेक पक्षसँग आफूहरुको कार्यगत एकता हुनसक्ने सिंहले औँल्याउनुभयो । तर, राजावादिहरुसँग भने एकता नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । सिंहले नेकपा (मसाल) ले देशको राजनीतिक परिस्थितिको विश्लेषण गर्दा विगतमा को सँग कस्तो सम्बन्ध थियो भन्ने कुरालाई आधार नबनाई तत्त्कालिन अवस्थामा कुन शक्तिको कस्तो धारणा छ, ...

सिटौला चुनाव नलड्ने, कांग्रेसको चुनावी कमाण्ड समाल्ने सम्भावना

आगामी संसदीय तथा प्रदेशसभा निर्चावनको परिचालनको कमाण्ड सम्हाल्ने जिम्मा नेता कृष्ण प्रसाद सिटौलालाई दिने तयारी कांग्रेसले गरेको छ। एमाले माओवादीले बामपन्थी गठबन्धन बनाएर गएपछी कांग्रेस उम्मेदवारको चुनावी रणनीति र परिचालन थप प्रभावकारी बनाउनुपर्ने चुनौति आएकोले बरिष्ठ नेताहरु मध्ये एकले आफु चुनाव नलडि सो जिम्मेवारी लिनुपर्ने कुरा कांग्रेस भित्र उठेको छ। चुनावी रणनीति र परिचालनमा दखल…