गौरीघाटबाटै पक्राउ परेका हुन् सुन तस्करीका नाइके गोरे

३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं …

सम्बन्धित सामग्री

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।  थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थि

साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या प्रकरण : दुई लाख धरौटीमा छुटे रमेश

विराटनगर : साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्।जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ। युएई बस्दै आएका रमेश मंगलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।प्रहरीले बुधबार अदालतमा उपस्थित गराएका उप्रेतीलाई बिहीबार थुनछेक बहसपछि लम्सालको इजलासले द

सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर

२१ पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी […]

सुन तस्करी काण्डमा गोरेका भाइ पक्राउ

बहुचर्चित सुन तस्करी काण्डमा जोडिएका चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलवार दुबईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार रहेका थिए ।

३३किलो सुन तस्करी प्रकरण, फरार सूचीमा रहेका गोरे समूहका गोपाल पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस १ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए । दुबईमा बस्दै आएका अग्रवाल अन्तर्राष्ट्रिय […]

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

२० मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काले उर्फ कृष्ण गोपाल अग्रवाल पक्राउ परेका छन् । उनी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ को व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो । […]

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर (अस) । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई ३ वर्ष र एकलाई ६ महीनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ । अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको स्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना थिए । आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीहरूविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । कुल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलाशले मुद्दालाई मुल्तबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलासले सफाइ दिएको उनले जानकारी दिए । गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि १ महीनाभित्र पुनः पेशी हुने सुनुवाइ इजलाशले गरेको छ । सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो । हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा१२च ५९६३ नम्बरको गाडीमा शव बरामद गरेको थियो । त्यतिबेला गोरेका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ परेका थिए । उक्त  प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ

काठमाडौं, जेठ ८ – साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई काठमाडौंको गौरीघाटबाट मंग...