बहुचर्चित सुन तस्करी काण्डमा जोडिएका चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मंगलवार दुबईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन् ।
मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार रहेका थिए ।