काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् । आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो । राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले