ललितपुरको सानेपा घर भएका आदर्श ठाकुर सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । २० वर्षीय ठाकुर पोखरामा इन्जिनियरिङ पढ्दै छन् । कतारमा भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा उनलाई मंसिर २६ मा प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाका अनुसार फुटबलमा सट्टेबाजी गराएर ठाकुरले २ करोड २ लाख ८४ हजार रकम कारोबार गरेको भेटिएको छ । ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–१ का स्थानीय हुन् । उनको परिवारका अधिकांश सदस्य इन्जिनियरिङ पेसामा छन् ।