नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ।नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न\गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य भएको खण्डमा पहिलो पटक तीन महिना कैद र ३० हजार जरिवाना तथा दोस्रो