काठमाण्डाै – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज साेमवार काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान ...