प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

दाङ – लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो । दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङकाे दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाकाे निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।   स्रेस्तेदार गिरीका अनुसार यही भदाै ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०...

सम्बन्धित सामग्री

सम्बन्ध विच्छेदका घटना बढेको बढ्यै

मोरङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । अंश मुद्दा, वैदेशिक रोजगारी, डिपेन्डेन्ट भिषालगायतले सम्बन्ध विच्छेदका घटना बढेको हो । मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले शुक्रबार सार्वजनिक गरेको अदालतको प्रगति विवरणमा यस्तो पाइएको हो । राणाका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा मुद्दा छन् । दर्ता भएकामध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्यौट भएको उनले जनाए ।आर्थिक वर्ष ०७६÷०७७ मा भने सम्बन्ध विच्छेदको मुद्दा ९८८ वटा

विमला वलीविरुद्ध जेठाजु अदालतमा, नाबालक छोराहरूको तर्फबाट अंश मुद्दा दायर

रुपन्देही । परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ । विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता […]