काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्।
एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।