काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले अहिले नै सभा, गोष्ठी, अन्तरक्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाइने बताएको छ। निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्ने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिनभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताए। उनका अनुसार उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउँदैनन्। घरदैलोमा जाँदा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइ