आचारसंहिता उल्लंघन गर्दै सडकमा चुनाव चिह्न

हेटौंडा : नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। एमालेले सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्वीर बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो।हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ। स्थानीय तहको निर्वाचन आउन १६ दिन मात्रै बाँकी हुँदा आचारसंहिता उल्लंघन गर्दै एमालेले पार्टीको चुनाव चिह्न बनाएको हो।निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

काठमाडौँ- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।  लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिह्न अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उल्लंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिह्न घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गर...

चुनावी प्रचारप्रसारमा विज्ञापन बोर्डको ध्यानाकर्षण

काठमाडौं (अस) । विज्ञापन बोर्डले आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवारले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गरेको प्रचार निर्वाचन आचारसंहिता २०७८, विज्ञापन नियमन गर्ने ऐन २०७६ तथा नियमावली २०७८ अनुसार भए/नभएको अनुगमन गरिएको बोर्डद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘निर्वाचन नजिकिँदै गर्दा विभिन्न माध्यमबाट भएका प्रचारप्रसारमा निर्वाचन आचारसंहिता उल्लंघन भएका घटना दिन प्रतिदिन बढ्दै गएको हुँदा विज्ञापन बोर्डको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । बोर्डले निर्वाचनको समयमा राजनीतिक दल, दलका उम्मेदवार र अन्य उम्मेदवारलाई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको छ । साथै भित्तेलेखन, पर्चा, पम्प्लेट, पोस्टर टाँस गरेको पाइएको भन्दै बोर्ड निर्वाचन आचार संहिता विपरीतका त्यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेको छ । यसैगरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टी–शर्ट, टोपी लगायत सांकेतिक सामग्री लगाएर प्रचारप्रसार गरेको पाइएकाले त्यस्ता कार्य समेत नगर्न भनिएको छ । बोर्डले फेसबुक जस्ता सामाजिक सञ्जालमा उम्मेदवारको तस्वीर र चुनाव चिह्न फरक–फरक गरी प्रकाशन नगर्न र उम्मेदवारको फोटो बिगारेर होच्याउने, अपमान नगर्न तथा गलत, भ्रामक प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।

निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग

बारामा निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचार संहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसकेको छ ।स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मूकदर्शक बनेको पाइन्छ । आचारसंहितामा निर्वाचन प

सुदूरपश्चिममा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो, उम्मेदवारको मनपरी

धनगढी : अहिले देशै निर्वाचनमय छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल सुदूरपश्चिममा पनि तातेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ।राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन्। तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ। घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न।अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम&nbs

के यही हो निर्वाचन आचारसंहिता ? (फोटो फिचर) - Naya Patrika

सिरहाको लहान नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत सहिद रमेश महतो स्मारकमा निर्वाचन आचारसंहिता उल्लंघन गरेर राखिएको चुनाव चिह्न अंकित झण्डा तथा चुनाव प्रचारप्रसार सामाग्रीले रंगिएको छ । उक्त स्मारकमा नेपाली काँग्रेस, माओवादी...पूरा पढ्नुहोस् »